शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश अल्पाइन स्पोर्टस्मा राजेन्द्रको अध्यक्षतामा नयाँ नेतृत्व

सोमबार, २५ चैत २०८१, ०९ : २६
सोमबार, २५ चैत २०८१

काठमाडौँ । बागमती प्रदेश अल्पाइन स्पोर्टस् फेडरेसनको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । फेडरेसनको साधारणसभाले विजय थापालाई उपाध्यक्ष, विकास लामालाई सचिव र गोविन्द गुरुङलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ । 

थुप्तेन लामा सदस्यमा निर्वाचित भएका छन् । नौ सदस्यीय कार्यसमितिमा एक उपाध्यक्ष र एक सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ । बाँकी दुईजना सदस्य भने बागमती प्रदेश खेलकुद विकास परिषद्ले तोक्ने प्रावधान छ । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अमृत श्रेष्ठलाई उपाध्यक्ष र मनिषा बुढालाई सदस्यमा मनोनयन गरेको फेडरेसनले जनाएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले मनोनीत गर्ने दुई सदस्यको पद भने रिक्त रहेको छ । 

बागमती प्रदेश खेलकुद विकास परिषद्की सदस्य दीप्ति क्षेत्री, अल्पाइन स्पोर्टस् फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे र महासंघका उपाध्यक्ष रोमनाथ ज्ञवालीलगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप