पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो

चेन्नई । पूर्वक्रिकेटर मनोज तिवारीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महेन्द्र सिंह धोनीको हालको प्रदर्शनमाथि कडा टिप्पणी गरेका छन्। उनले चेन्नई सुपर किंग्सका दिग्गजले दुई सिजन अघि नै आईपीएलबाट सन्यास लिनु पर्ने बताएका हुन् ।
मनोज तिवारीले क्रिकबजसँगको कुराकानीमा भने, ‘यदि म अलि कठोर भएँ भने मलाई माफ गर्नुहोस्। उनी (धोनी) ले २०२३ को आईपीएल पछि सन्यास लिनुपर्थ्यो, त्यो उनको सबैभन्दा राम्रो समय थियो।’
तिवारीले भने, ‘कतै न कतै, मलाई लाग्छ कि उनले (धोनीले) क्रिकेटबाट कमाएको जति पनि प्रसिद्धि, नाम र सम्मान पछिल्लो दुई वर्षमा खेलिरहेको तरिकाले मेटिँदै गइरहेको छ। धोनीका फ्यानहरूले उनलाई यसरी हेर्न सक्दैनन्। हेर्नुहोस् चेन्नईका फ्यानहरूले कस्तो प्रतिक्रिया दिइरहेका छन् ।’
दिल्ली क्यापिटल्स विरुद्धको खेलमा धोनीले २६ बलमा ३० रन बनाए। यसबाहेक, धेरै फ्यानहरूले उनी कुन क्रममा ब्याटिङ गर्न आउँदैछन् भन्ने बारेमा पनि प्रश्न सोधिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास