दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन
सोमबार, २५ चैत २०८१, ०५ : ५८

काठमाडौँ । दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन भएका छन् ।
अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यु१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल र हिमाल विष्ट तथा गर्ल्समा इभाना थापा, बिका राई र योन्जी पौडेल चयन भए । पुरुषमा रुविन महर्जन र महिलामा दिया देउवा वैकल्पिकमा छन् ।
यसै गरी यु१५ उमेर समूहमा ब्वाइजमा प्रजित भट्टराई, ज्यस्नु महर्जन र आर्यन शाही तथा गर्ल्समा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन र सुरम्या शाक्यले छनोट चरण पार गरे । पुरुषतर्फ रिजन शाक्य र महिलातर्फ सिर्या शाक्य वैकल्पिकमा छन् ।
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिता नेपालमै अप्रिल २४ देखि २७ तारिखसम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन