युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित
सोमबार, २५ चैत २०८१, ०५ : ४०

काठमाडौं । इटालियन सिरी’एमा युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित भएको छ । आइतबार राती भएको खेलमा युभेन्ट्सलाई एएस रोमाले गोलरहित बराबरीमा रोक्दा एटलान्टा लाजियोसँग १-० ले पराजित भएको हो ।
एटलान्टाको घरेलु मैदानमा लाजियोलाई विजयी गराउन गुस्ताव साइकसेनले निर्णायक गोल गरे । यस्तै, अन्य खेलमा लेसे र भेनजिया तथा टोरिनो र हेलास भेरोनाले १-१ को बराबरी खेल्दा इम्पोली र कालियरीले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
३१ औं चरणका खेल सकिनै लाग्दा इन्टर ६८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको नापोलीको ६४ अंक छ भने तेस्रो स्थानको एटलान्टाको ५८ अंक छ । युभेन्ट्स भने ५६ अंकसहित पाँचौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ