स्वास्थ्यमन्त्री पौडेल अमेरिकाको न्युयोर्कमा
सोमबार, २५ चैत २०८१, ०३ : ५९

वासिङ्टन डिसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् ।
मन्त्री पौडेललाई राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे । मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए ।
मन्त्री पौडेलले सोमबार र मङ्गलबार हुने उच्चस्तरीय बैठकमा भाग लिनुहुने संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा
-
बारमा विजयी बने विजय, तस्बिरहरू
-
शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल
-
अर्थमन्त्रीप्रति सांसदहरुको गुनासो : हामीले मन्त्रीको ‘डाइलग’ सुन्न पर्ने हाम्रो प्रश्न नसुन्ने
-
चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
-
स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री