आईपीएलमा गुजरातको लगातार तेस्रो जित, चार खेल गुमाउँदै हैदरावाद झर्यो पुछारमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटमा गुजरात टाइटन्स दोस्रो स्थानमा उक्लिदा सनराइजर्स हैदरावादले चौथो हार व्यहोरेको छ । चार खेलबाट ६ अंक बटुल्दै गुजरात दोस्रो स्थानमा उक्लिदा सनराइजर्स पुछार अर्थात् दशौँ स्थानमा झरेको छ ।
आइतबार भएको खेलमा गुजरातसँग हैदरावाद सात विकेटले हार्यो । पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ४४ रनले हराएर सानदार सुरुआत गरेको हैदरावाद पछिल्ला चार खेलमा लगातार हार बेहोर्दै अंक तालिकाको पुछारमा झरेको हो ।
पहिलो खेलमा पञ्जावसँग ११ रनको पराजय भोगेर हारबाट सुरुआत गरेको गुजरातले भने लगातार तेस्रो जित निकाल्यो । आइतबार हैदरावादले प्रस्तुत गरेको १५३ रनको चुनौति गुजरातले १६ ओभर ४ बलमा जम्मा तीन विकेट गुमाएर पार गर्यो । गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ६१ रन बनाए । अविजित रहेर उच्च स्कोर बनाएका उनले ४३ बलमा नौ चौका प्रहार गरे ।
यस्तै, वासिङ्टन सुन्दर अर्धशतक बनाउनबाट जम्मा एक रनले चुके । २९ बल खर्चिएका उनले पाँच चौका र दुई छक्का प्रहार गरेर ४९ रन बनाए । शेर्फेन रदरफोर्ड ३५ रनमा अविजित रहे । बलिङतर्फ हैदरावादका मोहम्मद शामीले दुई विकेट लिए । पट कुमिन्सको नाममा एक विकेट रह्यो ।
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएको थियो । हैदरावादका लागि नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन बनाए । ३४ बल खर्चिएका उनले तीन चौका प्रहार गरे । हेनरिक क्लासेन २७, अनिकेत वर्मा १८, अभिषेक शर्मा १८ र इशान किशन १७ रनमा आउट हुँदा कप्तान पट कुमिन्स २२ रनमा अविजित रहे ।
बलिङतर्फ गुजरातका मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए । प्रशिद्ध कृष्ण र साई किशोरको नाममा समान एक विकेट रह्यो । अंक तालिकामा समान ६ अंक भएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको गुजरात दोस्रो स्थानमा छ । कारणः दिल्ली हालसम्म अपराजित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघको टोली विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जाने
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ