रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता
सोमबार, २५ चैत २०८१, ०० : ५०

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिड विजयी भएसँगै उपाधि दौड रोचक बन्ने देखिएको छ । आइतबार राती भएको खेलमा तेस्रो स्थानको एटलेटिको मड्रिड सेभियासँग २-१ ले विजयी भएसँगै उपाधि दौड रोचक बन्ने देखिएको हो ।
आफ्नो ३० औं खेलमा दोस्रो स्थानको रियाल मड्रिड हारेपछि एटलेटिको समेत उपाधि दौड नजिक आइपुगेको छ । रियालको ६३ अंक हुँदा एटलेटिकोको तीन कम ६० अंक भएको छ । शीर्ष स्थानको बार्सिलोना रियालसँग ४ अंकले अघि छ ।
यी तीनै टोलीबीच क्रमशः एक अर्कामा ‘तीन-चार’ अंकको दुरी कायम भएको छ । यसले आगामी खेल थप रोचक हुने समेत अनुमान गरिएको छ । ला लिगामै आइतबार राती रियाल सोसिडाडले लस पल्मसलाई ३-१ ले हराउँदा गेटाफेले रियाल भालाडोलिडविरुद्ध ४-० को जित निकाल्यो ।
यस्तै, भिया रियाल र एथ्लेटिक क्लबबीचको खेल गोल रहित बराबरीमा टुंगियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु