प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल नै हारेको छ । आइतबार राती भएको खेलमा लिभरपुल फुलहमसँग ३-२ गोल अन्तरले हारेको हो ।
फुलहमको घरेलु मैदानमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र लुइस डिआजले गोल गरे । फुलहमलाई जिताउन रयान सेसेग्नन, एलेक्स एवोबी र रोड्रिगो मुनिजले गोल गरे ।
लिभरपुलले यो हारसँगै अंक दुरी अझै फराकिलो बनाउने अवसर गुमाएको छ । यद्यपि, शीर्ष स्थानको लिभरपुलको दोस्रो स्थानको आर्सनल भन्दा ११ अंकले अगाडि छ । लिभरपुलको ३१ खेलबाट ७३ अंक छ भने आर्सनलको ६२ अंक छ ।
यस्तै, प्रिमियर लिग अन्तर्गत टोटनह्याम हटस्परले साउथह्याम्पटनलाई ३-१ ले हराउँदा म्यान्चेस्टर डर्बी र चेल्सी तथा ब्रेन्टफोर्डबीचको खेल गोलरहित बराबरी हुन पुगेको छ ।
म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको म्यान्चेस्टर डर्बी गोलरहित बराबरीमा टुंगिदा ब्रेन्टफोर्डले घरेलु मैदानमा चेल्सीलाई गोलरहित बराबरीमा रोकेर अंक बाँडेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई