स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
जनकपुर । मधेस प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटकपटक निर्देशक परिवर्तन भएसँगै विवाद उत्पन्न हुँदा हुँदा औषधि खरिद हुननसकेको बताइएको छ ।
औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन् । हाल प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधि खरिद गरेर सेवा सञ्चालन गरे पनि सरकारले तोके अनुसार निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउन सकेको छैन ।
मधेस प्रदेशको १३६ स्थानीय तहमा प्रयोगशाला स्थापना गरेकोे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किट नभएका कारण थप समस्या भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा श्रवण मिश्रलाई हटाइएको थियो । मिश्र उच्च अदालत जनकपुरधामको आदेश पछि पुनः जिम्मेवारीमा फर्किएका छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा औषधि आपूर्तिका लागि प्रक्रिया अगाडि बढाइ सकिएको र चाँडै आपूर्ति हुने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । सरकारले उपलब्ध गराउने ९८ प्रकारका औषधिमध्ये आधा पनि उपलब्ध गराउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम