शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

नाडा र नाइमाको संयुक्त भनाइः सहअस्तित्वसहित अटोमोबाइल उद्योगलाई सशक्त बनाउँछौ

आइतबार, २४ चैत २०८१, २१ : २५
आइतबार, २४ चैत २०८१

काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र हालै गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड मेनुफ्याक्चर्स एसोसिएसन (नाइमा) दुवै संस्था मिलेर अटोमोबाइल उद्योगलाई सशक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

आइतबार दुवै संस्थाले संयुक्त विज्ञप्ति गरी गर्दै सो प्रतिबद्धता जनाएका हुन् । दुवै संगठन अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनी दुवैको हिस्सा बन्न छनोट गर्नसकिने बताइएको छ । त्यस्तै प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्ना प्रयास जारी राख्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । 

दुवै संस्थाले नेपालको अटोमोबाइल क्षेत्रको समग्र विकासमा प्रतिबद्ध रहेको जनाउँदै नाडा र नाइमा दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् । 

नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुवै संस्था व्यवसायीहरूको हकहित संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अब नाइमासँगै नेपालका अटोमोबाइल व्यवसायी समेट्ने साझा संस्था दुईवटा बनेका छन् । भर्खरै गठनभएको नाइमाले आगामी वैशाख ४ गतेदेखि औपचारिक रूपमा काम सुरू गर्ने जनाएको छ । 

अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्‍याउने दृष्टिकोणले स्थापना भएको एवं नेपालको अटोमोबाइल नीति निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौती समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको पनि नाडाको भनाइ छ । 

नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख गरिएको छ । नाइमाको उद्देश्य मोबिलिटी मार्फत विकास सशक्त बनाउने रहेको छ ।

यसले रणनीतिक नीतिगत वकालतबाट नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको  जनाएको छ । नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट भने नाडाको भूमिकालाई लिएर केही भ्रम उत्पन्न भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप