शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

जनमत र उन्मुक्ति एकताः रञ्जिताको पदीय हैसियतमा समस्या

आइतबार, २४ चैत २०८१, २१ : १२
आइतबार, २४ चैत २०८१

कामठाडौ । डा. सीके राउत नेतत्वको जनमत र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबिच एकताको सबै जिम्मेवारी दुवै पार्टीका नेताहरूलाई दिइएको छ । 

दुई पार्टीबिचको एकता आगामी वैशाख १५ भित्र गर्ने सैद्धान्तिक सहमति भए पनि नेताहरूको मर्यादामा कुरा नमिलेपछि मिलाउने जिम्मेवारी जनमतका राउत र उन्मुक्तिका चौधरीलाई दिइएको हो । 

एकतापछि पार्टी अध्यक्ष रेशम चौधरी र दोस्रो मर्यादामा जनमतका राउत हुने गरी सहमति भएको उन्मुक्तिका पार्टीका रामलाल डगौराले जानकारी दिए ।

बर्दियामा आइतबार भएको दुईपक्षीय वार्ता कमिटीबिचको छलफलमा चौधरीलाई संरक्षक र राउतलाई कार्यकारी बनाउने सहमति जुटे पनि रञ्जितालाई कुन पद दिने भन्ने नटुंगिएको उनले बताए । 

‘रेशम संरक्षक र सीके कार्यकारी अध्यक्ष भन्नेमा सहमति जुटेको छ तर रञ्जितालाई सहअध्यक्ष राख्दा अपमान हुन्छ कि भन्ने भएको छ । कानुनी विषय पनि हेरेर दुवै अध्यक्षलाई निर्णय गर्न अधिकार दिएको छ’, डगौराले भने, ‘दुई अध्यक्ष राख्ने कि एक जना अध्यक्ष र अर्को सहअध्यक्ष भन्ने टुंगिएको छैन ।’ 

जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक चौधरीसहित कार्यदलका ६ जनाबिच छलफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप