प्रदर्शनका लागि भृकुटी मण्डप मागेको राप्रपालाई प्रशासनले भन्यो– सिफल वा बल्खुतिर जानु
आइतबार, २४ चैत २०८१, २१ : ०६

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता देखाउँदै भृकुटी मण्डपमा कार्यक्रम स्थल उपलब्ध गराउन नसकिने जनाएको छ ।
गत शुक्रबार प्रदर्शनी मार्ग भृकुटी मण्डपमा आमसभा आयोजनाका लागि राप्रपाले स्थान माग गर्दै प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । प्रशासन कार्यालयले भृकुटी मण्डपमा कार्यक्रम आयोजनाका लागि शिक्षकहरुको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्व निर्धारित कार्यक्रम भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसावले माग भएको स्थान उपलब्ध गराउन नसकिने जानकारी गराएको हो ।
कार्यालयले राप्रपालाई दिएको जवाफमा उक्त स्थानहरु सुरक्षा संवेदनशीलताका हिसावले उपयुक्त नहुने जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?