सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
माओवादीको निर्णय

माओवादीले खोस्यो प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी

आइतबार, २४ चैत २०८१, २१ : ०१
आइतबार, २४ चैत २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी खोसेको छ । माओवादीको हालै बसेको पदाधिकारी बैठकले हालका लागि प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने निर्णय गरेको हो । 

सहइन्चार्ज रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीहरूको विभाजन गर्ने निर्णय भएको एक नेताले बताए । यस्तै प्रदेश समन्वय कार्यालय विस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने तय भएको समेत ती नेताको भनाइ छ । 

गत माघमा उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटालाई सहइन्चार्ज बनाएको थियो । 

सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी,  देबेन्द्र पराजुली र  मानबहादुर बुढा, सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल,  मोहनमान स्वाँर र  कृष्णकुमार राई सहइन्चार्ज बनेका थिए । 

यसैगरी  कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागाई र सुरेशकुमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान, बागमति प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल , गण्डकी प्रदेशमा  हरिराज अधिकारी सहइन्चार्ज रहेका थिए । 

यस्तै लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा  टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही, सदुरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर सहइन्चार्ज बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप