बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

दुर्गेशले गाएको यस्तो छ ‘कर्मा’ को टाइटल गीत

आइतबार, २४ चैत २०८१, २० : २९
आइतबार, २४ चैत २०८१

काठमाडौं । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ ।

गीतले जस्तो मान्छे, त्यस्तै व्यवहार हुने सत्यलाई उजागर गरेको छ । गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन् । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ ।

गीतको भिडियोमा चलचित्रका कलाकार विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयं पनि भिडियोमा देखिएका छन् ।
यसैबीच, ‘कर्मा’को ट्रेलर नेपालसहति कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो । 

चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् । विपीनलाई एक्सनमा उतारेका निर्देशक चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका बताए ।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप