१० लाख रुपैयाँ बढीको अबैध कपडासहित गाडी नियन्त्रणमा

बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित आइतबार एक गाडी नियन्त्रणमा लिएको छ ।
बा. प्र. ०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडीमा बिरगंज महानगरपालिका– १६ भुटनदेबि मन्दिर नजिकबाट लोड गरी जितपुर–सिमरातर्फ लैजान लागेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले भन्सार छलीको कपडा र गाडी नियन्त्रणमा लिएको हो ।
गाडिलाइ पिछागर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी र गाडी आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
बरामद गाडीको भन्सार दाखिला मुल्य २५ लाख र लत्ताकपडाको मुल्य १० लाख ८ हजार सहित जम्मा भन्सार दाखिला मुल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री यामलाल कँडेल : छवि जोगाए पनि जोखिम मोल्न सकेनन्
-
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले शव बोरामा हालेर गाडेका थिए
-
मुख्यमन्त्रीका रूपमा कँडेलको एक वर्ष व्यर्थ
-
यो सरकारको कार्यसम्पादन राम्रो भएन
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
-
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद