बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

काठमाडौं विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) को प्रदर्शन

आइतबार, २४ चैत २०८१, १९ : ४०
आइतबार, २४ चैत २०८१

काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय राष्ट्रिय समितिले काठमाडौं विश्वविद्यालयमा विरोध प्रदर्शन गरेको छ । चैत १२ गते क्रान्तिकारीले बुझाएको मागहरु प्रशासनले सम्बोधन नगरेको भन्दै शुक्रबार आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो। जसअनुसार आज शान्तिपूर्ण आन्दोलन गरेको हो ।

काठमाडौं विश्वविद्यालयले केन्द्रिय क्याम्पस विद्यार्थी कल्याण परिषद्को निर्वाचन मिति वैशाख १७ गते तोकेको छ। निर्वाचनको मिति आउन ३ हप्तामात्र बाँकी रहेको बेला निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय राष्ट्रिय समितीका संयोजक सन्तोष बुढाथोकीले जानकारी दिए ।

प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्न माग राख्दा राख्दै पनि चुनाव सार्ने मनसायले विद्यार्थी कल्याण निर्देशनालय विभिन्न कार्यक्रम गर्न व्यस्त रहेको र निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको उनको भनाई छ ।

आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार सांकेतिक विरोध प्रदर्शनकै कार्यक्रम रहेको क्रान्तिकारीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप