सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

आइतबार, २४ चैत २०८१, १७ : ३८
आइतबार, २४ चैत २०८१

सोल । दक्षिण–पूर्वी दक्षिण कोरियामा आइतबार जंगलको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा पाइलटको मृत्यु भएको छ । 

हेलिकप्टर जङ्गलको आगो निभाउन उडिरहेको थियो। स्थानीय अग्नि नियन्त्रक कार्यालयका अनुसार थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा दुर्घटना भएको हो। यद्यपि, दुर्घटना भएको करिब एक घण्टा भित्रै आगो निभाइएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

पाइलटको पहिचान र दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन। यो दुर्घटना गत महिना दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भयानक वन आगलागी भएको बेला भएको हो। तीव्र हावा र सुख्खा मौसमका कारण धेरै ठाउँमा आगलागीले ठूलो विनाश निम्त्याएको छ ।

अहिलेसम्म ३१ जनाले ज्यानको मृत्यु  

गत महिनाको अन्त्यमा दक्षिण कोरियामा लागेको आगलागीले यस क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ। यस जङ्गली आगलागीमा परेर हालसम्म ३१ जनाको मृत्यु भइसकेको छ, जसमा दुई  पाइलट पनि छन्। 

यी पाइलट त्यही हेलिकप्टरमा सवार थिए, जुन जंगलको आगो निभाउने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको थियो। यो दुर्घटना कोरियाका अग्नि नियन्त्रण अधिकारीहरूका लागि ठूलो धक्का भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप