मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानन्यायाधीश राउत भारत प्रस्थान

आइतबार, २४ चैत २०८१, १७ : ३०
आइतबार, २४ चैत २०८१

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत प्रस्थान गरेका छन् । भारतका प्रधानन्यायाधीश संजीव खन्नाको निमन्त्रणमा राउत नेतृत्वको भ्रमण दल भारत प्रस्थान गरेको हो ।

प्रधानन्यायाधीशको भ्रमण दलमा न्यायाधीश हरिप्रसाद फुयाल, मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार नवीनकुमार यादव रहेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

भारत भ्रमणका क्रममा राउतले भारतको सर्वोच्च अदालतलगायत विभिन्न अदालतहरुको भ्रमण गर्ने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप