आन्दोलनसँगै सरसफाइमा शिक्षक, गर्दैनन् फोहोर (तस्बिरहरू)

काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी छ । प्रदर्शनका लागि हरेक दिन ५००० भन्दा बढी शिक्षक माइतीघरमा भेला भएर बानेश्वर जाने गरेका छन् ।
गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने, भोक लाग्ने त भइनै हाल्छ। तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरु पनि फोहोर नगरि एउटा झोलामा थुपार्ने गरेका छन् ।
यदि कसैले जथाभावी फोहोर गरेको छ भने उसलाइ सम्झाउँदै फोहोर सफा गरेको दृश्य आन्दोलनमा देख्न सकिन्छ ।
आन्दोलनमा आएको शिक्षकलाई मात्र होइन– पत्रकार, सर्वसाधारण, प्रहरी लगायतलाई बोटबिरुवा भएको ठाउँमा नजान अनुरोध गरेको दृश्य हामी सामाजिक सन्जालमा देख्न सक्छौँ ।
हजारौँको उपस्थिति हुँदापनि बोट बिरुवा नमासी , केही फोहोर नगरी आफ्नो प्रदर्शन गरेकोमा केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो सामाजिक सन्जाल मार्फत शिक्षकलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ