सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

भाजपा नेताकी छोरीमाथि ओछ्यानमै एसिड प्रहार

आइतबार, २४ चैत २०८१, १६ : ५२
आइतबार, २४ चैत २०८१

बेगुसराय । शनिबार राति अपहरणकारीले सुतिरहेकी एक युवतीमाथि एसिड प्रहार गरी घाइते बनाएका छन् ।

यो खबर भारतको बिहारस्थित बेगुसराय बखरी नगरपालिका वडा नम्बर २३ को हो । एसिडले घाइते २४ वर्षीया युवती बखरीनगर भाजपाका पूर्वमण्डल अध्यक्षकी छोरी भएको समाचारमा जनाइएको छ । 

युवतीका बुबाका अनुसार बालिका आफ्नो कोठामा एक्लै सुतिरहेकी थिइन् । झ्यालको छेउमा ओछ्यान थियो । राति करिब २ बजे अज्ञात व्यक्तिले खुला झ्यालबाट युवतीमाथि एसिड प्रहार गरेका थिए । युवती चिच्याएको सुनेर घरका मानिसहरू उठेर हेर्दा त्यतिन्जेलसम्म उनीहरू भागिसकेका थिए । 

घाइते अवस्थामा युवतीलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ । अस्पतालका चिकित्सकका अनुसार उनको अनुहार, दुवै हात, आँखा र घाँटीमा ठुलो असर परेको छ । 

तर उनी खतरामुक्त रहेको डाक्टरहरूले बताइएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ बखरी एसडीपीओ कुन्दन कुमार र प्रहरी चौकी घटनास्थलमा पुगेर सोधपुछ गरेका थिए । साथै एफएसएल र डग स्क्वाडको टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप