सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

प्रतिगामीले टाउको उठाउनुको मुख्य जड ओली सरकार होः प्रचण्ड

आइतबार, २४ चैत २०८१, १६ : २५
आइतबार, २४ चैत २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारका करण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा नेवार राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली सरकारको अलोकतान्त्रिक, अपारदर्शी तथा असंवैधानिक कामका कारण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएका हुन् । 

‘प्रतिगामी शक्तिले टाउको उठाउने मुख्य कारण कांग्रेस एमाले नेतृत्वको गठबन्धन सरकार हो । आफ्ना जतिसुकै भ्रष्ट भएपनि जोगाउने, अन्यका जतिसुकै राम्रो भएपनि लखेट्ने जुन तरिका यो सरकारले गरेको छ । हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै विचौलीय र भ्रष्ट दलालहरुले षड्यन्त्रपूर्वक हटाए । असंवैधानिक, अलोकतान्त्रिक र अपारदर्शी काम गरे त्यसले जनतामा निकै आक्रोस छ’, उनले भने ।  

प्रचण्डले माओवादी पनि बेलाबेला प्रतिक्रियावादीको ट्रयापमा परेपनि मुद्दा नछोडेको जिकिर गरे । साथै उनले प्रतिक्रियावादीलाई चैत १५ गते एउटा म्यासेज त दिएको भन्दै उनले प्रतिक्रियावादीलाई ठुलो धक्का दिनेगरी सम्मेलनको बेला देशभरबाट काठमाडौँमा आउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप