बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

मार्क जुकरबर्गको मेटाले ल्यायो नयाँ एआई मोडल

आइतबार, २४ चैत २०८१, १६ : २१
आइतबार, २४ चैत २०८१

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले दुई नयाँ एआई मोडल लञ्च गरेको छ । कम्पनीले लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) एललामाको दुई मोडल सार्वजनिक गरेको हो । यी दुई मोडलको नाम एललामा ४ स्काउट र एललामा ४ म्याभरिक रहेको छ ।

आगामी दिनमा कम्पनीले अरु दुईवटा मोडल पनि ल्याउँदैछ । शनिबार इन्ष्टाग्राममा जुकरबर्ग आफैँले एउटा भिडियो शेयर गरेका छन् । भिडियोमा उनले एललामा मोडलबारे जानकारी दिँदै यसले गुगलको जेमिनी र ओपन एआईको च्याटजीपीटी ४० लाई टक्कर दिने बताए । 

मेटाको एललामा मल्टिमोडल एआई प्रणाली हो । यो प्रणालीले टेक्ष्ट, भिडियो, तस्बिर र अडियो अलग अलग डेटालाई प्रोसेस गरेर कन्टेन्टलाई यी फम्र्याटमा कन्भर्ट पनि गर्न सक्छ ।

एललामा ४ स्काउट र एललामा ४ म्याभरिरक अहिले सम्मकै सबैभन्दा उन्नत एआई मोडेल भएको दाबी जुकरबर्गले गरेका थिए । यी दुवै मोडेलहरू खुला स्रोतका सफ्टवेयर भएको पनि उनले बताए । भिडियोमा उनी आगामी मोडेलहरूप्रति उत्साहित देखिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप