प्रदर्शन
जनआन्दोलन दिवसका अवसरमा आजपाको र्याली, तस्बिरहरू
आइतबार, २४ चैत २०८१, १६ : १५

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा आइतबार काठमाडौँमा र्याली निकालेको छ ।
भृकुटीमण्डपबाट निस्किएको र्याली भद्रकाली–सुन्धारा–वीर हस्पिटल–रत्नपार्क–पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।
र्यालीको क्रममा उपस्थितहरूले करको दायरा घटाउनु पर्ने, वर्तमान दलतन्त्रको व्यवस्था परिवर्तन हुन पर्नेलगायतका नारा लगाएका थिए । कवाड व्यवसायीहरूलाई दुख दिएको भन्दै सहभागीहरूले काठमाडौँका मेयर बालेन साहको राजीनामा समेत मागेका थिए ।
आजपाले वर्तमान व्यवस्थालाई दलतन्त्रको संज्ञा दिँदै सुधारिएको व्यवस्था हुनुपर्ने तथा भ्रष्टाचारको समेत कडा विरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबार घेर्ने आजपाको घोषणा
-
राप्रपाको सभामा घुसपैठको आरोप लागेका ४ जनामाथि प्रहरीले थाल्यो अनुसन्धान
-
बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्धताः सभामुख घिमिरे
-
लेक लागेर पर्यटकको मृत्यु
-
सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण
-
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप