सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

अमेरिका र यूरोपबिच अब कहिले होला ‘जिरो ट्यारिफ’ ?

आइतबार, २४ चैत २०८१, १६ : १३
आइतबार, २४ चैत २०८१

वासिङ्टन डीसी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मित्र एवम् सहयोगी एलन मस्कले अमेरिका र युरोपबिच ‘जिरो ट्यारिफ’को अवस्था सिर्जना हुने आशा व्यक्त गरेका छन् । शनिबार इटालीका उपप्रधानमन्त्री मतेओ सल्भिनीसँगको प्रत्यक्ष छलफलमा मस्कले यस्तो भनेका हुन् ।

‘युरोप र अमेरिका दुवै शून्य ट्यारिफतर्फ अघि बढ्नु पर्छ भनेर सम्झौता हुनेछ भन्ने आस मलाई छ, जसले युरोप र अमेरिकाबिच स्वतन्त्र व्यापारको नेतृत्व गर्नेछ ।’ उनले भने । 

युरोप र उत्तर अमेरिका बिच यात्रा गर्न मानिसहरूलाई बढी स्वतन्त्रता हुनुपर्ने र यो निश्चित रूपमा राष्ट्रपति ट्रम्पलाई आफ्नो सल्लाह भएको पनि उनले बताए । ट्यारिफ मात्रै होइन मस्कले युरोपको ‘दमनकारी’ नीतिहरूको पनि आलोचना गरे ।

यी नीतिहरूले युरोपलाई नयाँ व्यवसाय सुरु गर्न खराब ठाउँ बनाएको उनको भनाइ थियो । 

अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका कयौँ व्यापार साझेदारहरूमाथि पारस्परिक अतिरिक्त भन्सार महसुल लगाएका थिए । ट्रम्पको यो कदमका कारण विश्व शेयर बजार चौपट भएको छ ।

विश्वव्यापी आर्थिक मन्दी निम्तने आशङ्का बढेको छ । अमेरिका समेत विश्वका कयौँ ठाउँमा ट्रम्पविरुद्ध विरोध प्रदर्शन भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप