लागूऔषधसहित पक्राउ परेका क्यानडा क्रिकेट टोलीका कप्तान जमानतमा रिहा

काठमाडौँ । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका क्यानडाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान निकोलस किर्तन न्यायालयबाट जमानतमा रिहा भएका छन् । उनी ठुलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित बार्बाडसस्थित ग्रन्ट्ली एडम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
किर्तनले २० पाउण्ड (करिब नौ किलोग्राम) गाँजा बोकेका थिए । भुलवस ५६ ग्रामसम्म गाँजा साथमा राख्नु आपराधिक कार्य मानिँदैन । तर, निकोलस किर्तनले अनुमति दिइएको सिमाभन्दा करिब एक सय ६० गुना बढी गाँजा बोकेका थिए ।
उनी गत मार्च ३० तारिखमा पक्राउ परेका थिए । स्थानीय प्रहरीले उनीमाथि गाँजा ओसार–पसार गरेको आरोप लगाएको थियो । तर, उनलाई बार्बाडसको एक अदालतले जमानतमा रिहा गर्न आदेश दिएको समाचारमा जनाइएको छ ।
जमानतमा रिहा भए पनि उनीमाथि लगाइएको मुद्दा भने अदालतमा यथावत् छ । उनले अघिल्लो सुनुवाइका लागि आगामी जुन २ तारिखमा अदालतमा उपस्थित हुनुपर्नेछ । उनलाई क्यानडा फर्कन पनि रोक लगाइएको छैन ।
क्यानडाले निकट भविष्यमै उत्तर अमेरिकी कप क्रिकेट प्रतियोगिताको पहिलो संस्करण खेल्ने तयारी गरिरहेको छ । यस्तो स्थितिमा आफ्ना कप्तानको गिरफ्तारीले क्यानडाको क्रिकेट अप्ठ्यारोमा परेको छ । यो प्रतियोगितामा किर्तनको सहभागिता पनि अन्योलमा परेको छ ।
क्यानडा क्रिकेट सङ्घले पनि घटनाको छानबिन गरिरहेको छ । निकोलस किर्तनको जन्म बार्बाडसमा भएको हो । उनले बार्बाडसका लागि यू–१७ र यू–१९ टोलीबाट लामो समय क्रिकेट पनि खेलेका थिए । उनी वेस्ट इन्डिजको यू–१९ टोलीमा पनि परेका थिए । तर, उनले वेस्ट इन्डिजका लागि खेल्ने अवसर भने पाएका थिएनन् ।
निकोलस किर्तनकी आमा भने क्यानडाकी हुन् । सोही कारणले उनले क्यानडाको राष्ट्रिय टोलीबाट पनि खेल्ने अवसर पाएका हुन् । निकट भविष्यमा हुने उत्तर अमेरिकी कपमा क्यानडाका अतिरिक्त बहामस, बर्मुडा, अमेरिका र कायमन आइल्यान्ड्सको सहभागिता रहने छ । प्रतियोगिता अप्रिल १८ तारिखदेखि सुरु हुँदैछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण