सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु

आइतबार, २४ चैत २०८१, १५ : ५६
आइतबार, २४ चैत २०८१

रफाह ।  इजरायलले गाजामा गरेको आक्रमणमा गएको २४ घण्टामा कम्तीमा पनि ४६ जनाको मृत्यु भएको छ । रातभरि मात्रै २४ जनाको मृत्यु भएको बताइएको छ । ड्रोन आक्रमणमा परेर एक पिता र पुत्री मारिएका थिए । दक्षिण पट्टीमा विस्थापितहरू बस्ने त्रिपालमा ड्रोन लाग्दा कम्तीमा ६ जना मारिएको बताइएको छ । 

आइतबार बिहानयता मात्रै ११ जना मारिएका छन् । मर्नेमा ९ जना खान युनिस क्षेत्रका भएको पुष्टि भएको छ । आक्रमणमा यहाँको एउटा आवासीय भवन र विस्थापितहरू बस्ने त्रिपाल ध्वस्त भएको थियो । उद्धारकर्मीहरूले भवनको भग्नावशेषमा पुरिएकाहरूलाई खोजिरहेका छन् । हालैका दिनमा इजरायलले गाजामाथि आक्रमण तीव्र पारेको छ । दिनहुँ जसो मानिसहरू मारिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप