अभिनेत्री ज्याकलिनकी आमाको निधन
आइतबार, २४ चैत २०८१, १५ : ३०

मुम्बई । अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिसको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार आजै सान्ताक्रुजमा गरिएको छ ।
उनी कयौँ दिनदेखि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना थिइन् । गत २४ मार्चमा किमलाई स्ट्रोक भएको थियो । उनलाई तत्कालै अस्पतालमा भर्ना गरिए पनि उनको अवस्था दिनानुदिन बिग्रिँदै गएको थियो ।
उनलाई सन् २०२२ मा पनि स्ट्रोक भएको थियो । त्यति बेला उनको बहराइनमा उपचार गरिएको थियो ।
किम मलेसियाका नागरिक थिइन् । उनले एयरहोस्टेजको रूपमा काम गरेकी थिइन् । उनको विवाह श्रीलंकाली व्यवसायी एलरोय फर्नान्डिजसँग भएको थियो । ज्याकलिनसँगै उनका ४ सन्ता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द