शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

दाङका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ, यन्त्रको प्रयोग बढाइँदै

आइतबार, २४ चैत २०८१, १४ : ५३
आइतबार, २४ चैत २०८१

दाङ ।  दाङका किसानलाई अहिले नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । 

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौ खेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन् । 

खेतबारीमा काम गर्ने खेताला नपाइने अवस्थामा यन्त्रको सहायताले खेती गर्न सजिलो भएको उनले बताए । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको उनले बताए ।  थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उनले बताए । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको उनको भनाई छ । 

घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाएका छन् ।  “खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ । थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ”, उनले भने ।  

घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताए । 

मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप