मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
अटो

नाडाले स्वीकार गर्‍यो नाइमाको अस्तित्वः दुवैमा सदस्य बन्न सकिने, कार्यक्षेत्र छुट्याइयो

आइतबार, २४ चैत २०८१, १४ : ४८
आइतबार, २४ चैत २०८१

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को अस्तित्व स्वीकार गरेको छ । 

आइतबार नाडाका अध्यक्ष करण चौधरी र नाइमाको तर्फबाट ऋतु सिंहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दुवै संस्थाको कार्यक्षेत्र, भूमिका र सहकार्यबारे प्रस्ट पारेका हुन् ।  

नाडा गत फागुन ९ गते आधिकारिक रूपमा दुई टुक्रा भएको थियो । १० वटा अटो आयातकर्ता कम्पनी नाइमा नामक नाफा वितरण नगर्ने कम्पनी स्थापना भएको थियो । 

नाइमाका औपचारिक उद्घाटन भने यही वैशाख ४ गते हुने गरी तय गरिएको छ । यसअघि अटो क्षेत्रको आयातकर्ता, डिलर, वर्कशपलगायत सबै क्षेत्रका प्रतिनिधि संस्थाका रूपमा नाडाले नै काम गर्दै आएको थियो । 

तर एकाएक नयाँ संस्था दर्ता भएसँगै नाडा फुटेको रूपमा चर्चा हुँदै आएको थियो । आइतबार जारी गरिएको विज्ञप्तिमा भने एउटा संस्थामा रहेको संस्था अर्को संस्थामा समेत बस्न सक्ने व्यवस्था गरेको हो । उनीहरूले कुन संस्थाले के काम गर्ने भन्ने समेत प्रस्ट पारेका छन् । 

नाडाले अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्‍याउने दृष्टिकोणले स्थापना गरिएको भन्दै यसले अटोमोबाइल नीति निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौती समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ । 

त्यस्तै नाइमाले मोबिलिटी सशक्तीकरणको वकालत गर्ने भनिएको छ । यसमा अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व रहने उल्लेख गरिएको छ । नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको र दिगो तथा उद्योग र सरोकारवालाहरूको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ उल्लेख गरिएको छ । 

त्यस्तै नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्य पूरा गर्न काम गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप