‘जनै हराएको बाहुन’ शुभमुहूर्त, सोमबारबाट फ्लोरमा

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा कलाकार र प्राबिधिकको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो ।
\कलाकार मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटाले फिल्मको मुहूर्त सर्ट दिए । फिल्मको छायांकन सोमबारदेखि काभ्रेपलान्चोकको पनौतीबाट सुरु हुनेछ ।
हिमाल न्यौपानेको निर्देशन रहने फिल्ममा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।
पनौतीपछि पाल्पा र काठमाडौंमा छायांकन हुने फिल्ममा कथा, पटकथा र संवाद भानुभक्त ढकालको छ । पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता विमल न्यौपाने हुन् । कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, थानेश्वर गौतम र एस डि योगीको संगीत रहनेछ ।
फिल्मले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । फिल्मको छायांकन सेड्युल ४० दिन निर्धारण गरिएको छ । फिल्मको छायांकार नवीन गुरुङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश