दुई बेलायती सांसदले इजरायलमा पाएनन् ‘इन्ट्री’

तेल अभिभ । इजरायलले दुई बेलायती सांसदलाई हिरासतमा लिएको छ । बेलायती मिडिया रिपोर्टका अनुसार सत्तारुढ लेबर पार्टीका सांसद युआन याङ र अब्तिसम मोहम्मद लन्डनबाट इजरायल गएका थिए ।
तर इजरायली अधिकारीहरूले उनीहरूलाई प्रवेशमा रोक लगाए । इजरायलले दुई बेलायती सांसदलाई पक्राउ गर्नु र उनीहरूलाई देश प्रवेश गर्नबाट रोक्नु अस्वीकार्य र गम्भीर चिन्ताको विषय भएको बेलायती विदेश मन्त्री डेभिड लामीले शनिबार भनेका छन् ।
‘इजरायली अधिकारीहरूले संसदीय प्रतिनिधिमण्डलको हिस्सा रहेका दुई ब्रिटिस सांसदहरूलाई हिरासतमा लिएर प्रवेश अस्वीकार गर्नु अस्वीकार्य, घृणित र गहिरो चिन्ताको विषय हो ।’
एक आधिकारिक विज्ञप्तिमा लामीले भनेका छन् । आफूले इजरायली सरकारका आफ्ना समकक्षीहरूलाई स्पष्ट रूपमा बेलायती सांसदहरूमाथि यस्तो व्यवहार स्वीकार्य नभएको बताएको पनि उनले भने ।
‘हामी दुवै सांसदहरूसँग सम्पर्कमा छौँ र उनीहरूलाई सबै सम्भव सहयोग प्रदान गरिरहेका छौँ ’ अझ अगाडि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल