सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट

आइतबार, २४ चैत २०८१, १२ : १६
आइतबार, २४ चैत २०८१

काठमाडौँ । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि कुटपिट भएको छ । शनिवार राति बाटोमा हिँडिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो । 

अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले आक्रमण गर्नेको पहिचान हुन नसकेको बताए । आक्रमणबाट ठगुन्नाको चिउँडो र आँखा नजिक चोट लागेको छ ।

अपरिचित समूहबाट साङ्घातिक आक्रमण भएको बताउँदै महासचिव मगरले दोषी पत्ता लगाएर कारबाही गर्न माग गरे । 

चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा ३९७ मतसहित अध्यक्षमा विजयी भएका थिए । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघबीच संयुक्त प्यानल बनाएर निर्वाचन लडेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप