लन्डनको चर्चित ‘कार्डियोलोजिस्ट’ भन्दै धमाधम मुटुको अप्रेसन, सात जनाको मृत्यु

काठमाडौँ । लन्डनको चर्चित ‘कार्डियोलोजिस्ट’ भन्दै एक जनाले मुटुका बिरामीको धमाधम अप्रेसन गर्दा सात जनाको मृत्यु भएको छ ।
भारतको मध्य प्रदेश राज्यको दमोहस्थित एक अस्पतालमा यस्तो घटना भएको हो । यसबारे भारतको राष्ट्रिय मानव अधिकार अयोगमा समेत उजुरी परेको छ ।
दमोहकै दीपक तिवारी नाम गरेका एक जनाले यसबारे उजुरी गरेका हुन् । उनका अनुसार जनवरी र फेब्रुअरीमा गलत व्यक्तिले उपचार गरेका कारण ७ जनाको मृत्यु भएको छ ।
दीपक तिवारीका अनुसार अस्पतालका एक जनाले आफूलाई लन्डनको चर्चित कार्डियोलोजिस्ट डा. एनजोन केम नामबाट चिनाउने गरेको थियो । ती व्यक्तिले जनवरी र फेब्रुअरीमा १५ जनाको मुटुको शल्यक्रिया गरेको, तीमध्ये सात जनाको मृत्यु भएको उनको दाबी छ ।
दीपकले भनेका व्यक्तिको वास्तविक नाम एनजोन केम नभएर नरेन्द्र विक्रमादित्य यादव रहेको पुष्टि भएपछि यो घटना अहिले चर्चामा छ ।
नरेन्द्र विक्रमादित्य यादवले बेलायतका प्रख्यात हृदयरोग विशेषज्ञको नाम दुरुपयोग गरेको पाइएको छ । यसबारे स्थानीय प्रशासनले छानबिन गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार