टोयोटाको नयाँ इलेक्ट्रिक एसयूभी बीजेड३एक्स सार्वजनिक, जीएसी एवोन भीमा आधारित मोडेल

काठमाडौं । विश्व प्रसिद्ध अटो निर्माता टोयोटाले आफ्नो तेस्रो पूर्ण रूपमा इलेक्ट्रिक सवारीको रूपमा बीजेड३एक्स नामक नयाँ एसयूभी केही समयअघि चीनमा सार्वजनिक गरेको छ। यो मोडल चीनको GAC ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकसित गरिएको हो।
हालसालै सार्वजनिक गरिएको bZ3X एसयूभी, यद्यपि टोयोटाको ब्रान्डअन्तर्गत ल्याइएको भए पनि, GAC Aion V मा आधारित रहेको कम्पनीको भनाइ छ। यसमा उस्तै साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिए पनि ब्याट्री प्रविधिमा भने फरक रहेको छ।
फाइभ डोर र फाइभ सिटर क्षमताको यस इलेक्ट्रिक गाडीको प्रमुख आयामहरू यस प्रकार छन्:
- लम्बाइ: ४,६०० मिमि
- चौडाइ: १,८५० मिमि
- उचाइ: १,६०० मिमि
- ह्वीलबेस: २,७६५ मिमि
टोयोटाका अनुसार, यस गाडीमा प्रयोग भएका करिब ६५ प्रतिशत पार्ट्स GAC सप्लायर्स मार्फत आपूर्ति गरिएको हो। चीनमै उत्पादन गरिएको bZ3X टोयोटा र GAC को सहकार्यमा बनेको महत्वपूर्ण परियोजना हो। गाडी सार्वजनिक भएलगत्तै चीनमा केवल एक घण्टामा १०,००० भन्दा बढी अर्डर प्राप्त भएको र यसले टोयोटाको अनलाइन सर्भर क्र्यास गराएको बताइएको छ।
नेपालमा GAC Aion V उपलब्ध, CG मोटर्सको आधिकारिक वितरणमा
नेपालको सन्दर्भमा, GAC Aion ब्रान्डको आधिकारिक वितरक CG मोटर्स रहेको छ। यसअन्तर्गत Aion Y र Aion V जस्ता अत्याधुनिक इलेक्ट्रिक गाडीहरू नेपाली बजारमा उपलब्ध छन्।
नेपालमा एसयूभीप्रतिको माग उच्च रहेको अवस्थामा सीजी मोटर्सले Aion V दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिसकेको छ।
जसको प्रमुख विशेषताहरू यस्ता छन्:
- लम्बाइ: ४,६०५ मिमि
- चौडाइ: १,८५४ मिमि
- उचाइ: १,६६० मिमि
- ग्राउण्ड क्लियरेन्स: १८५ मिमि
- ह्वील साइज: १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील
गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने खालको छ।
- अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ जसमा तातो र चिसो दुवै गर्न मिल्ने सुविधा छ।
- लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मर समेत उपलब्ध छ।
- प्यानोरामिक ग्लास रूफ ले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ।
- सुरक्षाको हिसाबले गाडीमा ७ वटा एयरब्याग जडान गरिएको छ।
एवोन भीको सुरुवाती मूल्य नेपाली बजारमा रु ६४.९९ लाखदेखि सुरु हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
....अनि मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान बन्द
-
साउथ एम्पटनको नामसँग जोडियो खराब कीर्तिमान, सात खेल अगावै रेलिगेसनमा
-
त्रिचन्द्रमा विजयी नेविसंघको धन्यवाद र्याली, तस्बिरहरू
-
वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी
-
एसियाली सेयर बजार रक्ताम्मे
-
शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग