मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब

आइतबार, २४ चैत २०८१, ११ : १७
आइतबार, २४ चैत २०८१

बुटवल । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको छ। 

सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी गएराति  ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीले  बताए ।   सहकारीको सीसीटीभीको हार्डडिस्क गायब भएको छ ।

देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एकबहादुर नेपालीले सहकारीको भल्ट नै फोडेर नगद चोरी विषयमा  अनुसन्धान सुरु  गरेको बताए ।

 उनले  केही व्यक्तिको लोकेसन र कल रेकर्ड समेत अध्ययन गरिरहेको  खुलाए।  केही महिना अगाडि देवदह दुग्ध उत्पादन सहकारी संस्थामा पनि चोरी  भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप