पूर्वप्रेमीको फिल्ममा दीपिका पादुकोणको इन्ट्री

नयाँ दिल्ली । सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’लाई लिएर फ्यानहरू धेरै उत्साहित छन् ।
यस फिल्ममा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशललाई एक साथ देख्न सकिन्छ । एक रिपोर्टका अनुसार फिल्ममा रणवीर कपूरकी पूर्व प्रेमिका दीपिका पादुकोण पनि देखिनेछिन् । दीपिका पादुकोण र रणवीरबीच बोल्ड दृश्यहरू हुने बताइएको छ । रणवीर कपूर र आलिया भट्टको यो फिल्म लामो समयदेखि हेडलाइनमा छ । निर्देशक सञ्जय लीला भन्सालीले यी तीन स्टारलाई एकसाथ ल्याइरहेका छन् ।
दीपिका पादुकोण फिल्ममा अतिथि भूमिकामा देखिन सक्छिन् र रणवीर कपूरको साथमा उनको बोल्ड दृश्य हुने भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । फिल्मी शिल्मीको रिपोरर्टअनुसार फिल्ममा रणवीरसँग दिपिकाको ४० मिनेटको दृश्य राख्ने विचार भइरहेको छ । स्रोतका अनुसार, दीपिका र रणवीरलाई एक रोमान्टिक दृश्यमा देख्न सकिन्छ । दीपिका पादुकोणले अहिलेसम्म फिल्म साइन गरेकी छैनन् तर उनले प्रस्तावबारे विचार गरिरहेको खबर आएको छ ।
‘लभ एन्ड वार’ २०२६ मा रिलिज हुन सक्नेछ । रिपोर्टका अनुसार यो फिल्म कन्नड सुपरस्टार यशको आगामी फिल्म ‘टक्सिक’सँग बक्स अफिसमा टकराउने अनुमान गरिएको छ । तर मेकरहरूले फिल्मको आधिकारिक रिलीज मिति अझै घोषणा गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?