आइतबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
आइतबार, २४ चैत २०८१, ०९ : ४२

काठमाडौँ । राजधानी काठमाडौँको वायु प्रदूषण आइतबार पनि उच्च रहेको छ । आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ ।
आज हावाको गुणस्तर २३१ एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ । हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१.१ गुणा बढी रहेको छ ।
हाल भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ ।
त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, भारतको मुम्बई, बंगलादेशको ढाका, चीनको वुहान, सांघाई तथा चोङकिङ र थाइल्याण्डको चियाङ माई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा (तस्बिरहरू)
-
गौरीटारमा फुटबल मैदानको उद्घाटन
-
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
-
नवराज विक हत्या प्रकरण : उच्च अदालत सुर्खेतमा २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदै
-
सुशासन आयोग गठनप्रति विपक्षीको टिप्पणी : सत्ता लम्ब्याउने कलाविहीन नाटक
-
तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाऔँ : महाशाखा