सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टरलाई घाटा

आइतबार, २४ चैत २०८१, ०५ : ४०
आइतबार, २४ चैत २०८१

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राती भएका खेलमा इन्टर पर्मासँग तथा एसी मिलान फायोरेटिनासँग २-२ को बराबरीमा रोकिंदै अंक बाँडेका हुन् । 

शनिबार राती नै भएको अर्को खेलमा भने कोमोले मोन्जालाई ३-१ गोल अन्तरले हरायो । सिरी’एमा ३१ औं चरणका खेल सुरु हुँदा इन्टर ६८ अंकसहित शीर्ष स्थानमा छ । 

दोस्रो स्थानमा रहेको नापोलीको ३० खेलबाट ६४ अंक छ भने तेस्रो स्थानको एटलान्टाको ५८ अंक छ । ४८ अंक जोडेको एसी मिलान भने नवौं स्थानमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप