मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

स्पेनिस ला लिगामा रियाल मड्रिड हार्‍यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत

आइतबार, २४ चैत २०८१, ०१ : १३
आइतबार, २४ चैत २०८१

काठमाडौं । स्पेनिस ला लिगामा उपाधिका लागि गर्विलो प्रदर्शन गर्नु पर्नेमा रियाल मड्रिड फेरि हारेको छ । शनिबार राती रियाल आफ्नै घरेलु मैदानमा भ्यालेन्सियासँग हारेको हो । 

१३ औं मिनेटमा पेनाल्टीमा चुकेपछि रियालको दुर्भाग्य सुरु भएको हो । १५ औं मिनेटमा भ्यालेन्सियाले गोल गरेर अग्रता लियो । ५० औं मिनेटमा रियालका भिनिसियस जुनियरले गोल गर्दै नजिता १-१ को बराबरीमा ल्याए । तर, अतिरिक्त समयमा म्यालेन्सियका ह्युगो डुरोले निर्णायक गोल गरेर टोलीलाई जिताए । 

यो हारले रियाललाई उपाधि यात्रामा घाटा लागेको छ । रियालको बार्सिलोनासँग अंक दुरी कम गर्ने योजनामा समेत धक्का लागेको छ । ३० औं चरणको खेल खेल्दा रियालको ६३ अंक छ भने बार्सिलोनाले अंकदुरी बढाउँदै लगेको छ । 

ला लिगा अन्तर्गत शनिबार राती डेपोर्टिभो अलाभेसले गिरोनालाई १–० ले हराउँदा सेल्टा भिगोले मलोर्कालाई २–१ ले पाखा लगायो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप