आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले सजिलै कब्जा गर्ने देखिएको छ । निकट प्रतिस्पर्धी आर्सनल बराबरीमा रोकिंदा र नटिङघम फरेस्ट हार्दा फाइदा लिभरपुललाई नै भएको छ ।
शनिबार राती ३१ औं खेलमा आर्सनल एभर्टनसँग १-१ को बराबरीमा रोकियो भने नटिङघम फरेस्ट एस्टन भिल्लासँग २-१ ले पराजित भयो । यसले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरीमा एक अंक घटाउने बाहेक अन्य उपलब्धि भएन ।
एक खेल कम खेलेको लिभरपुल दोस्रो स्थानको आर्सनभन्दा अझै ११ अंकले अघि छ । यसको ३० खेलबाट ७३ अंक हुँदा आर्सनलको ३१ खेलबाट ६२ अंक भएको छ । नटिङघम ३१ औं खेल खेल्दा पनि ५७ अंकबाट माथि उक्लिन सकेन ।
लिगमा शनिबार राती भएका अन्य खेलमा क्रिष्टल प्यालेस २-१ ले विजयी हुँदा उल्भ्सले इप्सविच टाउनलाई २-१ ले नै हरायो । यस्तै, वेष्ट ह्याम युनाइटेड र बर्नमथले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा