१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. स्वदेश फर्किए प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
२. सहकारी ठगी प्रकरण
सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याएको छ । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेको छ।
३. ‘जनयात्रा’ शुभारम्भ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार चितवनको भरपुरस्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको हो ।
४. बार निर्वाचन
नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा दुई हजार १ कानुन व्यवसायीले मतदान गरेनन् । शुक्रबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म भएको मतदानमा देशभर जम्मा ७९।९६ प्रतिशत मत खसेको छ ।
५. एम्बुलेन्समा लागुऔषध
ललितपुरको भट्टेडाँडा चेकप्वाइन्टमा खटिएका प्रहरीले शनिबार बिहान पौने २ बजेतिर एउटा एम्बुलेन्सलाई रोके । चेकजाँच गर्न खोजेपछि एम्बुलेन्स चालक २२ वर्षीय मोहम्मद उमर सिद्दिकी स्टेरिङ छाडेर दौडिए । सिद्दिकी भारतीय नागरिक हुन् ।
६. नागरिक पक्राउ
काठमाडौँको नागार्जुन नगरपालिका–५ मा रहेको आदेश्वर मन्दिरमा पिसाब छर्केको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका(१७ धोवीचौर घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौला रहेकी छन् ।
७. पहिलो प्रस्रव
‘साहित्यमा लाग्न आमाबाहेक कसैको प्रेरणा वा प्रोत्साहन पाइनँ,’ कथाकार अनिता तुलाधर आफ्नो प्रेरणाको स्रोतका रूपमा आफ्नी आमालाई सम्झन्छिन्, ‘आमाले मलाई हरहमेसा साथ दिनुहुन्थ्यो । हरेक साहित्यिक कार्यक्रममा म आमालाई नै साथ लिएर पुग्थेँ । बिहेपछि पनि कैयौँ वर्ष मैले आमालाई नै साथी लिएर साहित्यिक कार्यक्रममा जान्थेँ ।’
८. प्रथम नेपाली महिला
नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठूलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरुप्रति सर्मपित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।
९. क्रिकेट
किरण देउवा डडेल्धुरा जिल्लाको १९ वर्षमुनिको क्रिकेट टोलीका उपकप्तान हुन् । खेल प्रतिभाकै कारणले छात्रवृत्ति पाएर धनगढीमा पढ्दैछन् ।
१०. मेरी आमा
एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललाई आमाले बेलाबेला चम्किला ताराहरू औँल्याएर भन्थिन्, ‘हेर् बाबु १ यी ताराहरू राम्रो काम गरेका असल मान्छेका आत्मा हुन् । असल मानिसहरू मरेर पनि तारा भएर रहिरहन्छन् ।’
११.म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
म्यान्मामा एक हप्तामा शनिबारसम्म २.८ देखि ७.५ म्याग्निच्यूडका ८१ वटा परकम्प गएको म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ ।
१२. शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा