‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’

तानसेन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यहाँ रहेका अस्पतालहरूको भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापनलगायत विषयमा सरकारले पहल गर्ने बताएका छन् ।
आज उनले यहाँ रहेका अस्पतालहरूको स्थलगत निरीक्षण गर्दै अस्पतालको सेवा विस्तारमा सरकारले आवश्यक समन्वय गर्ने बताए । उनले पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजको स्थलगत निरीक्षण गर्नुका साथै युनाइटेड मिसन अस्पतालको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
मन्त्री पौडेलले जिल्ला अस्पतालमा निरीक्षणपछि छलफलका क्रममा यस अस्पतालको भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापन, जग्गा व्यवस्थापनलगायत विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे ।
अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले अस्पतालका विषयमा जानकारी गराउँदै भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा समस्या रहेकाले पहल गरिदिन मन्त्रीसमक्ष आग्रह गरे । उनले अस्पतालको भएको स्थानमा मोहन कन्या माविको जग्गा भएकाले उक्त जग्गासँग साटफेर गर्न सहमति भए पनि कानुनी अड्चनका कारण समस्या आएको बताए ।
मन्त्री पौडेलले उक्त विषयमा सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्ने विश्वास दिलाए । उनले निजी अस्पतालका रूपमा रहेको लुम्बिनी मेडिकल कलेजको पनि निरीक्षण गर्दै उनले स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए । साथै युनाइटेड मिसन अस्पतालका निर्देशक डा. रचेल कारखसँग भेटेर उनले अस्पतालको सेवा विस्तार, विद्यमान समस्या लगायत विषयमा छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन