पाथीभरामा आज सात हजार बढी दर्शनार्थी

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा आज एकैदिन सात हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । दसैँ, तिहारपछि आज एकैदिन यति ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति पहिलोपटक देखिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज सात हजार १४६ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार दसै, तिहारपछि पहिलोपटक सात हजार बढी भक्तजन यहाँ पुगेको यो पहिलोपछक हो ।
तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा चिसो मौसममा बर्सेनि भक्तजनको आगमन घट्ने गरेको निर्देशक हाङबाङले बताए । यो वर्ष चिसोसँगै केबलकार निर्माणका क्रममा देखिएको विवाद, बन्दलगायत कारणले अघिल्लो वर्षको तुलनामा भक्तजनको आगमन केही घटेको उनको भनाइ छ ।
हाल पाथीभरा आउनजान केबलकार निर्माणको विषयले कुनै असर नगर्ने बताउँदै उक्त विषयलाई लिएर अन्योलमा नपर्न हाङबाङले भक्तजन तथा पर्यटकलाई आग्रह गरे ।
यसैबिच, पाथीभरा क्षेत्रमा सिजनमा भक्तजनको घुइँचो बढी हुने भएकाले कुनै समस्या भएमा मन्दिर क्षेत्र विकास समिति वा पाथीभरा क्षेत्रमा रहेका सुरक्षा निकायसँग सम्पर्क र समन्वय गर्न समितिले सबैलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा