मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा

शनिबार, २३ चैत २०८१, २२ : ००
शनिबार, २३ चैत २०८१

काठमाडौँ । आज मिति २०८१ साल चैत महिनाको २३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समचार लिएर हाजिर भएका छौँ–

  • स्वदेश फर्किए प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

  • सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याएको छ । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेको छ। 

  • ‘जनयात्रा’ शुभारम्भ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार चितवनको भरपुरस्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको हो । 

  • बार निर्वाचन

नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा दुई हजार १ कानुन व्यवसायीले मतदान गरेनन् । शुक्रबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म भएको मतदानमा देशभर जम्मा ७९.९६ प्रतिशत मत खसेको छ । 

  • एम्बुलेन्समा लागुऔषध

ललितपुरको भट्टेडाँडा चेकप्वाइन्टमा खटिएका प्रहरीले शनिबार बिहान पौने २ बजेतिर एउटा एम्बुलेन्सलाई रोके । चेकजाँच गर्न खोजेपछि एम्बुलेन्स चालक २२ वर्षीय मोहम्मद उमर सिद्दिकी स्टेरिङ छाडेर दौडिए । सिद्दिकी भारतीय नागरिक हुन् ।

काठमाडौँको नागार्जुन नगरपालिका-५ मा रहेको आदेश्‍वर मन्दिरमा पिसाब छर्केको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१७ धोवीचौर घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौला रहेकी छन् ।

  • पहिलो प्रस्रव

‘साहित्यमा लाग्न आमाबाहेक कसैको प्रेरणा वा प्रोत्साहन पाइनँ,’ कथाकार अनिता तुलाधर आफ्नो प्रेरणाको स्रोतका रूपमा आफ्नी आमालाई सम्झन्छिन्, ‘आमाले मलाई हरहमेसा साथ दिनुहुन्थ्यो । हरेक साहित्यिक कार्यक्रममा म आमालाई नै साथ लिएर पुग्थेँ । बिहेपछि पनि कैयौँ वर्ष मैले आमालाई नै साथी लिएर साहित्यिक कार्यक्रममा जान्थेँ ।’

  • प्रथम नेपाली महिला

नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठूलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरुप्रति सर्मपित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।

  • क्रिकेट

किरण देउवा डडेल्धुरा जिल्लाको १९ वर्षमुनिको क्रिकेट टोलीका उपकप्तान हुन् । खेल प्रतिभाकै कारणले छात्रवृत्ति पाएर धनगढीमा पढ्दैछन् ।

  • मेरी आमा

एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललाई आमाले बेलाबेला चम्किला ताराहरू औँल्याएर भन्थिन्, ‘हेर् बाबु ! यी ताराहरू राम्रो काम गरेका असल मान्छेका आत्मा हुन् । असल मानिसहरू मरेर पनि तारा भएर रहिरहन्छन् ।’

  • शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप