गोकर्णेश्वर र बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा

काठमाडौँ । चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर र बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा गरिएको छ । चामुण्डा मन्दिर क्षेत्र विकास तथा संरक्षण कोषले चैतेदसैँका अवसरमा ४० वर्षदेखि रथयात्रा गर्दै आएको छ ।
रथयात्रा सुरु गर्नुअघि देवीलाई पञ्चबली दिने परम्परा रहेको कोषका अध्यक्ष मोहन रायमाझीले जानकारी दिए । चामुण्डा मन्दिरबाट सुरु भएको रथयात्रा महाङ्काल मन्दिर, नागेश्वरी मन्दिर, छहारी मन्दिर, सिद्धेश्वरी मन्दिर, अर्घौतेश्वर मन्दिर, सर्वेश्वर मन्दिर, रुद्रेश्वर मन्दिर, कुमारी भैरवलगायत धार्मिकस्थलको परिक्रमा गरी चामुण्डा मन्दिरमा विसर्जन गरिएको उनले बताए ।
रथयात्रा विसर्जन गरेपछि भक्तजनलाई प्रसाद वितरण गरिएको थियो । विभिन्न जात, धर्म र सम्प्रदायलाई एकताको सूत्रमा बाँध्न रथयात्राले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीयवासी बताउँछन् । गोकर्णेश्वर नगरपालिका–५, ६ र ८ का साथै काठमाडौँ महानगरपालिकाको वडा नं ६ को बौद्ध, नयाँबस्ती क्षेत्रमा घुमाइएको रथयात्रामा हजारौँ स्थानीयवासीको सहभागिता थियो ।
गोकर्णेश्वर नगरपालिका–५ मा रहेको चामुण्डा मन्दिरमा प्रत्येक वर्ष चैत्र शुक्ल पक्ष र आश्विन शुक्ल पक्षको नवरात्रमा हजारौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि आउने गर्दछन् । यहाँ आएर पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो
-
ट्रम्प ट्यारिफका कारण भारतीय लगानीकर्ताले गुमाए केहीबेरमै २०० खर्ब भारु
-
रवि लामिछाने भैरहवा कारागार चलान
-
भृकुटीमण्डप नपाएपछि राप्रपाले बल्खुमा विरोध प्रदर्शन गर्ने