बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

'राजनीतिक अस्थिरताको मुल कारण कांग्रेस र कम्युनिस्ट हुन्'

शनिबार, २३ चैत २०८१, २१ : ०६
शनिबार, २३ चैत २०८१

बुटवल । जनता समाजवादी पार्टी (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अस्थिरता जनअपेक्षा अनुसार काम हुन नसकेको बताएका छन् ।

उनले नेपालमा राजनीतिक अस्थिरताको कारण कांग्रेस–कम्युनिस्ट भएको पनि आरोप लगाएका छन् ।

पार्टीनिकट समाजवादी विद्यार्थी युनियन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई शनिबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै अध्यक्ष यादवले मजबुत सरकार बनाउँछौँ भनेर कांग्रेस–कम्युनिस्ट मिले पनि यो सरकार असफल भएको दाबी गरे ।

उनले संविधान जारी भएपछि मुलुकमा नौ वर्षमा १३ वटा सरकार बनाउनले वर्तमान सरकार गठनअघि भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन दिने भने पनि इतिहासमै सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र अहिले भइरहेको दाबी गरे । 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले जनआक्रोश बढिरहेको पनि बताए । उनले संविधान संशोधन गर्न यो सरकार बनेको भनिए पनि २०८७ सालमा गर्ने कुरा बेइमानीपूर्ण भएको बताए । 

त्यस्तै जसपा नेपालका महासचिव तथा मधेश प्रदेशका संस्थापक मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताए । उनले समयसापेक्ष शिक्षा आवश्यक रहेको बताए । पार्टीका महासचिव रामकुमार शर्माले वर्तमान सरकारले जनताको समस्या समाधान गर्न नसकेको बताए ।

पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले आन्दोलनमा पार्टीले उठाएको मुद्दा स्थापित गर्न आन्दोलनमा जान तयार रहेको बताए ।

समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक रमेश यादवको अध्यक्षता, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य, केन्द्रीय सदस्य रीता यादवको स्वागत तथा महाधिवेशन आयोजक समिति सचिव मनि यादव र समाजवादी विद्यार्थी युनियनका सचिव राहुल यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप