शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै

शनिबार, २३ चैत २०८१, १९ : ३८
शनिबार, २३ चैत २०८१

काठमाडौँ । ब्राजिलियन फुटबलर तथा फिफा विश्वकप विजेता खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका छन् । 

अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) २०२५ खेल हेर्न उनी नेपाल आउन लागेका हुन् । 

एनएसएल आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेज्मेन्टले शनिबार फेसबुकमार्फत यसबारे जानकारी दिएको हो । फेसबुकमा राखिएको उक्त भिडियोमा कार्लोसले आफू नेपाल आउन लागेको उनले बोलेका छन् ।सन् १९९२ देखि २००६ सम्म ब्राजिलको टिममा रहेका कार्लोसले २००६ को विश्वकप जितेका थिए ।

उनी सन् १९९६ देखि २००७ सम्म रियल मड्रिडमा आबद्ध थिए । ब्राजिलबाट १२५ खेल खेलेका उनले जम्मा १० गोल गरेका छन् । 

यसअघि अर्का विश्वकप विजेता इटालीका पूर्वगोलकिपर बुफोन पनि नेपाल आइसकेका छन् । उनी केपी ओली कप हेर्न नेपाल आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप