मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने

शनिबार, २३ चैत २०८१, १९ : ३०
शनिबार, २३ चैत २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वैशाख २० देखि सुरु हुने एकता महाधिवेशनका लागि वैशाख ९ गतेभित्र डेलिगेट्स (प्रतिनिधि) बनिसक्नुपर्ने भएको छ । 
एकता महाधिवेशन काठमाडौँमा वैशाख २०,२१ र २२ गते हुन लागेकाले सर्वोच्चको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिले समितिको वेबसाइटमा  गएर फर्म भर्न अनुरोध गरेको हो।  त्यसका लागि फाराम खुलिसकेको समितिको भनाइ छ ।  

उच्च स्तरीय समितिले समितिको वेबसाइटमा गएर आवश्यक प्रक्रिया पुरा गरेर आवेदन दिन सकिने समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । ‘डेलिगेट बन्न निवेदन दिने मिति २२ अप्रिल (वैशाख ९)   सम्म छ।   त्यसैले संघको वेब पोर्टलमा गएर मात्रै निवेदन दिन हामी आग्रह गर्दछौँ’, उनले भने , ‘हाल केही व्यक्तिहरूले नक्कली फारम बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरिरहेका छन्, जसले आवेदकहरूलाई अन्योलमा पार्न सक्छ ।

त्यसअघि एनआरएनए सदस्यता नलिएका व्यक्तिहरूले सोमबारभित्र सदस्यताका लागि आवेदन दिई सक्नु पर्ने पनि  उच्चस्तरीय समितिले जनाएको छ  । सदस्य बन्न डेलिगट्स बन्न नपाइने व्यवस्था गरिएको छ । 
यसैबीच एनआरएन अभियन्ताहरूले सोमबारभित्र सदस्य बन्न आग्रह गरेका छन्।  उनीहरूले आपसी विवाद त्यागी काठमाडौँमा  आयोजना हुन लागेको एकता महाधिवेशनमा सहभागी हुन पनि अपिल गरे।

भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा बोल्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा एनआरएनए उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले समय निकै कम रहेकाले सोमबार (चैत २५)भित्र उच्चस्तरीय समितिको पोर्टलमा  गएर सदस्य बन्न आग्रह गरे। उनले राष्ट्रिय समन्वय परिषद्  (एनसीसी) हरूलाई आफूले बनाएको सदस्यहरूको  डेटा उच्चस्तरीय समितिलाई पठाइ दिन पनि आग्रह गरे  । ‘हामीले अप्रिल १० तारिखभित्र सदस्यताको काम टुङ्गो लगाउँछौँ । डेलिगेट्स बन्न इच्छुक साथीहरूले दर्ता गर्नु पर्‍यो।   अब हामीले एक मिनेट पनि खेर नफालौँ,’ उनले भने  ।

उच्चस्तरीय समितिकी सदस्य सचिव  रबिना थापाले  अप्ठेरो परिस्थितिमा पनि झन्डै १२ हजारले सदस्यताका लागि निवेदन दिनु उत्साहजनक भएको बताइन्।  उनले  विदेशमा नेपालीहरू अलपत्र पर्दा सरकारभन्दा पहिला एनआरएनएले हेर्नु पर्ने अवस्था रहेको भन्दै अबको एनआरएनएमा युवा र  महिलालाई थप भूमिका दिइनु पर्ने जनाइन्। उनले वंशजको नपाई नागरिकताको निरन्तरता अहिलेको  आवश्यकता भएको बताउँदै महाधिवेशनमा  नागरिकताको विषय पनि  उठाइने जानकारी दिइन् ।

एनआरएनए अभियन्ता आरके शर्माले  एकताको महाधिवेशन गर्नुपर्छ भनेर आफूहरू  हदैसम्म लचिलो भएको बताए  । ‘सर्वोच्च अदालतले नै एकता गर भनेर आदेश दिएपछि अदालतको निर्णय नमान्ने भन्ने हुँदैन । जसरी भए पनि अधिवेशन सफल बनाउनुपर्छ,’ उनले भने।  

उनले एनआरएनएको अहिलेको  अवस्था आउनुमा सबैको केही न केही जिम्मेवारी रहेको भन्दै व्यक्तिगत विषयलाई सामाजिक सञ्जालमा ल्याएर प्रचारप्रसार नगर्न आग्रह पनि गरे। ‘आफैले हालेको भोट पनि हराएपछि यो विवाद आएको हो । हामी तीन जना प्रत्याशीहरूले सहमति गरेर १५ दिनभित्र सबै कुरा सल्टाउने भनिएको थियो । तर बद्रीजी टिक्न सक्नु भएन । उहाँले आफूलाई अध्यक्ष घोषणा गरेपछि हिमालयन होटेलमा मेरो नेतृत्वमा सर्वसम्मत चयन भएको हो,’ उनले भने।

एनआरएनए अभियन्ता महेश श्रेष्ठले  एनआरएनएको अहिलेको अवस्थाप्रति सबै दुःखी भएको बताए । उनले सबै पक्षलाई मिलेर एकता गर्नुपर्छ भनेर आफूले  अधिकतम प्रयत्न गरेको जनाउँदै विधानसम्मत एकता गर्नुपर्ने बताए  । 

मूल आयोजक समितिका सदस्य सचिव गंगाधर गौतमले अधिवेशन सार्क मुलुकभन्दा बाहिर २ वर्षभन्दा बढी बसेका सबै गैर आवासीय नेपालीले निःशुल्क रूपमा सदस्यताका लागि आवेदन दिन सक्ने बताए।   उनले अहिलेसम्म विवादको मुख्य विषय नै सदस्यता र निर्वाचन प्रणाली भएकाले अबको महाधिवेशनमा ती विषयलाई पनि  सम्बोधन गरिने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप