डीडीसीको बदमासीः ५ सय मिलिलिटर दूधको प्याकेटमा ४ सय मात्रै

काठमाडौँ । दुग्ध संस्थान (डीडीसी) ले दूधको परिमाण र गुणस्तरमा बदमासी गरेको पाइएको छ ।
दूध तथा दूग्धजन्य वस्तुको परिमाण र गुणस्तरमा ठगी गरेको उजुरीका आधारमा कृषि तथा पशुपन्क्षी मन्त्रालयले मन्त्रालयअन्तर्गतका दुई नियमक निकायलाई अनुगमनमा पठाएको थियो ।
डीडीसीले ५०० मिलिलिटरको दूधको प्याकेटमा ४०० मिलिलिटर मात्रै प्याक गरी बिक्री वितरण गरेको र म्याद नाघेको बटरबाट घ्यू बनाएर बिक्री गरेको भन्ने उजुरीका आधारमा मन्त्रालयले बिहीबार खाद्य प्रविधि गुण नियन्त्रण विभाग र गुणस्तर तथा नापतौल विभागलाई अनुगमन गराएको कृषि मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
अनुगमनका क्रममा डीडीसीले लापरबाही गरेको भेटिएको सचिवालयका एक अधिकारीकाले रातोपाटीलाई बताए ।
‘निरिक्षण नियमित प्रक्रियाबाट भएको हो । त्यसको परिमाण र गुणस्तरमा समस्या छ भनेर उजुरी आयो,’ उनले भने, 'त्यसपछि नागरिकले उपभोग गर्ने कृषिजन्य वस्तुको अनुगमन खाद्य प्रविधि गुण नियन्त्रण विभागको हो । डीडीसीको पनि हेर्नुपर्यो भनेपछि हेरेका हुन् ।’
यसैगरी परिमाणको विषयमा गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिएपछि बिहीबार र शुक्रबार निरीक्षण गरेको उनले जानकारी दिए । ‘परिमाण थोरै भएकोमा कर्मचारीको कमजोरी देखिएको भन्दै रातको समयमा प्याकिङ गर्नुपर्ने, चार पाँच वटा मेसिनबाट प्याकिङ हुने र विद्युतको भोल्टेज कम अथवा बढी भएको समयमा कर्मचारीले जोख्दै प्याक गर्दै गर्नुपर्ने भए पनि एउटा कर्मचारीले ठिक छ छैन भनेर जोख्नुपर्ने हो । तर, कहिले काही हाई भोल्टेज र लो भोल्टेजको समयमा जति परिमाण प्याक गर्नुपर्ने त्यसमा तलमाथि हुन्छ भन्ने जानकारी गराएको तर जानीजानी नगरिएको डीडीसीले दाबी गरेको छ भने यसमा कर्मचारीको बदमासी देखिएको विभागको भनाइ छ ।
म्याद नाघेको दुग्धजन्य वस्तु बिक्री गरेको हो/होइन ? के कारण परिमाण घट्न गयो ? यसबारे आन्तरिक रूपमा अध्ययन गर्न लगाइएको र केही दिनमा रिपोर्ट आउने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर