बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

राजतन्त्र फर्किन सम्भव छैनः रक्षामन्त्री राई

शनिबार, २३ चैत २०८१, १७ : ४१
शनिबार, २३ चैत २०८१

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताएका छन् ।

शनिवार काठमाडौँमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राईले इतिहासले तत्कालीन राजालाई फालेको, लिच्छवीकालीन, मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरू पनि आन्दोलनबाट फालिएको उल्लेख गरेका हुन् । 

उनले इतिहासमा फर्किनु भनेको मृत्युवरण गर्नुभएका पुर्खाहरूलाई पनि फर्काउने तर्क भएको बताए । राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उनले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको बताए । 

रक्षामन्त्री राईले भने, ‘हामी समयको कालखण्डसँगै परिमार्जित हुँदै आयौँ । इतिहासले तत्कालीन राज्यलाई फाल्यो । इतिहासले लिच्छवीकालीन, मल्लकालीन फाल्यो । शाह र राणाहरू फाल्यो । 

मन्त्री राईले इतिहास पछाडि फर्किने भनेको हाम्रा मरेका बाउबाजे पनि फर्किन्छन् भन्ने हो । तर फर्काउन खोजिँदै छ । हामीले कसैले काँग्रेस, कसैले एमाले, कसैले माओवादी भएर आन्दोलन गरेका छौँ । त्यस्तो लुट्ने र प्रहरीमाथि गाडी गुडाउन हामीले कहिल्यै खोजेनौँ भन्दै बरू अलिअलि बारहरूसम्म भत्काएकै हो । तर हामीले व्यक्तिको घरमा आगो लगाएनौँ, पत्रकारहरूलाई आगो लगाएनौँ, पत्रकार र पत्रपत्रिका उद्योगमाथि आगो लगाएनौँ, मान्छेलाई जिउँदो जलाएनौँ, हामीले लुट मच्चाएनौँ । तर, आज त यस्तो खालको अराजकता देखा पर्दैछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप